लियोनेल मेसीको वार्षिक आम्दानी पौने पन्ध्र अर्ब रुपैयाँ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

लियोनेल मेसीको वार्षिक आम्दानी पौने पन्ध्र अर्ब रुपैयाँ

काठमाडाैँ, ३० भदौ : स्पेनीश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनेल मेसी सन् २०२० मा सर्वाधिक कमाइ फुटबल खेलाडी बनेका छन् ।

अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले यस वर्ष १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गर्दै सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका हुन् ।

११ करोड ७० लाख वार्षिक आम्दानी गरेका यूभेन्टसका क्रिस्टियानो रोनाल्डो सूचीको दोस्रो स्थानमा परेका छन् । त्यस्तै प्यारिस सेन्ट जर्मन-पीएसजीका स्टार खेलाडीहरू नेयमार तेस्रो स्थानमा र केलियन एमबाप्पे चौंथो स्थान रहेका छन् । लिभरपुलका मोहमद सलाह भने पाँचौं स्थानमा रहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.