जबरजस्ती रथयात्रा गर्नेलाई कारबाही गर्छौंः प्रमुख जिल्ला अधिकारी - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

जबरजस्ती रथयात्रा गर्नेलाई कारबाही गर्छौंः प्रमुख जिल्ला अधिकारी

काठमाडौं, १८ भदौ : ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहीबार जबरजस्ती रातो मच्छिन्द्रनाथको रथयात्रा गर्नेलाई प्रशासनले कारबाही गर्ने बताउनुभएको छ ।

सरोकारावला संस्थाहरुलाई बेवास्ता गर्दै जबरजस्ती निकालिएको रातो मच्छिन्द्रनाथको रथयात्रा गर्नेलाई कारबाही गर्ने भट्टले जानकारी दिनुभयो । ‘प्रशासनले धार्मिक कार्यक्रम रोक्न पटक पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । सरोकारावाला व्यक्तिहरुसँग छलफल गरेर रोक्ने सहमति भइसकेको थियो,’ उहाँले नेपालटीभी अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘तर बाहिरबाट आएका युवाहरुले जबरजस्ती रथयात्रा गर्ने काम भएको छ । प्रशासनले उनीहरुलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्छ ।’

स्वतस्फुर्तरुपमा रथयात्रा सुरु गरेपछि भएको झडपमा प्रहरीले बल प्रयोग गरेर तितरवितर पारेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.