नेकपाका दुई अध्यक्षबीचको छलफल, मन्त्रिपरिषद पुनर्गठनमै केन्द्रित - pharaksandesh.com

मुख्य समाचार


Monday, 28 September 2020

नेकपाका दुई अध्यक्षबीचको छलफल, मन्त्रिपरिषद पुनर्गठनमै केन्द्रित


काठमाडौं, १२ असोज :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा बैठक सम्पन्न भएकाे छ । विहान साढे ११ बजेदेखि शुरुभएको बैठकले आज मन्त्रिपरिषद पुनर्गठनको ठोस सहमति हुनसक्ने भनिए पनि ठोस निर्णय हुन नसकेकाे बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियाे । उहाँहरुबीच बालुवाटारमा छलफल भएपनि सहमति हुन सकेन। पछिल्लो समय दुई अध्यक्षबीच निरन्तर छलफल भइरहेकाे छ । 

आजको बैठक पनि मन्त्रिपरिषद पुनर्गठन तथा पार्टीको साँगठनिक बाँकी एकता प्रक्रियाको टुङ्गो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल केन्द्रित रहेको थियाे । पार्टी सचिवालय बैठकको पहिलो नम्बर कार्यसूचीमा मन्त्रिपरिषद पुनर्गठनको सूची परेपछि दुई अध्यक्ष त्यस गृहकार्यमा निरन्तर छलफल गरिरहनुभएको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

यसअघि गत विहिबार, शुक्रबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । आजको बैठक पनि त्यसकै निरन्तरता भएको बालुवाटार स्रोतले बताएको छ । दुई अध्यक्षबीचको निर्णय अनुसार आगामी सचिवालय बैठक समेत तय हुने विश्वास पार्टीका नेताहरुको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.