काठमाडौं, १२ असाेज : सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारी नरोकिए पनि जीवन र जिविकालाई चलाउन सबै क्षेत्र खुला गरिएको बताउनु भएको छ ।
नेपालमा संक्रमण बढी नै रहेको भएपनि हाम्रा केही बाध्यताले लकडाउन खुकुलो पार्नुपरेको उहाँको भनाइ थियो ।
मन्त्रीपरिषदको पछिल्ला २ वटा बैठकका निर्णयहरु जानकारी दिने क्रममा प्रवक्ता ज्ञवाली कोरोना संक्रमण नियन्त्रणको अझै पूर्वानुमान गर्न सकिएको छैन भन्नुभयो । अहिले बजार खुला गरेको जोखिम कम भएर होइन बाध्यताले हो- उहाँले भन्नुभयो ।
अब चाढवाडको समयमा स्वास्थ्य सतर्कता थप अपनाउन प्रवक्ता ज्ञवालीले सबैसँग आग्रह पनि गर्नुभयो ।
पछिल्ला २ वटा बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले अब ७ वटै प्रदेशमा कृषि केन्द्र स्थापना गर्न नेपाल सरकार र इजरायल सरकारबीच MOU गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले सो सहकार्यले उच्च प्रविधि प्रयोग गरेर कृषिमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास उहाँको थियो ।
यसैगरी शसस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको विमा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।
यसैगरी सरकारले एशियाली विकास बैंकबाट करिव १८ अर्व नेपाली रुपयाँ वरावरको सौलियत ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

No comments:
Post a Comment