सिन्धुपाल्चोक पहिरो : ९ जनाकाे शव भेटियाे - pharaksandesh.com

मुख्य समाचार


Sunday, 13 September 2020

सिन्धुपाल्चोक पहिरो : ९ जनाकाे शव भेटियाे

सिन्धुपाल्चोक, २८ भदौ : बाह्रबिसे नगरपालिका ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएकाे पहिरोमा पुरिएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएकाे छ । 

बाह्रबिसे गाउँपालिका ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म नौ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये आठ जनाको परिचय खुलेको उहाँले बताउनुभयो । 

पहिचान हुनेहरुमा भक्तिमाया श्रेष्ठ, ल्याकसिंह तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठ रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । भीरखर्कबाट खसेको पहिरोका कारण दुई गाउँमा क्षति पुगेको थियो । 

पहिराेमा अझै २२ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । वडा नम्बर ७ मा पर्ने घुन्थाङको भीरखर्कमा तीन वटा र नागपूजेमा नौ वटा घर पहिरोले पुरेको छ । 

जिल्लाभरिकै सुरक्षित मानिएको ठाउँमा पहिरो गएको हो । त्यो ठाउँमा भीरकोटबाट करिब १ किलोमिटर लामो पहिरो गइ भोटेकोशी नदीसम्म पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.