डिजेल र मट्टितेलको मूल्य एक रूपियाँ घट्याे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 September 2020

डिजेल र मट्टितेलको मूल्य एक रूपियाँ घट्याे

काठमाडौँ, ३१ भदौ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बुधवार राति १२ बजेबाट लागु हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । नयाँ मुल्य अनुसार डिजेल मट्टितेल प्रतिलिटर ९० रुपियाँ भएको छ ।

पेट्रोल, हवाई इन्धन र एल.पी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट भदौं ३१ गते प्राप्त खरिद मूल्य अनुसार पेटोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुदै आएको स्वचालित मूल्य सूची प्रणाली अनुसार हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.