वि.सं. २०७७ भदौ १७। बुधवार। इ.स. २०२० सेप्टेम्बर २। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। पूर्णिमा, ०९:३८ उप्रान्त प्रतिपदा।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। शुभचिन्तक तथा प्रशंसकहरू बढ्नेछन्।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको सफलताले उत्साह भने जगाउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। मनग्गे धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ।

No comments:
Post a Comment