सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : डा कोइराला - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 September 2020

सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : डा कोइराला

काठमाडौँ, १९ भदौ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गर्नुभएको छ । 

बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्ने बताउनुभयो । 

महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताउनुभयो ।रासस

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.