काठमाडौं, २४ भदौ : कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले पार्टीमा गुटको अन्त्य गरेर एकढिक्का बनाउनुपर्ने बताउनुभएकाे छ। 'बिपी विचारः नेपालको सम्मुन्नतिको मूल बाटो' विषयक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले महाअधिवेशनपछि गुटको अन्त्य गरेर पार्टीलाई एकढिक्का बनाउन सकेमा पार्टीलाई कसैले हराउन नसक्ने बताउनुभयाे ।
महामन्त्री कोइरालाका अनुसार महाअधिवेशनकाे समयमा पक्ष विपक्षमा विभाजित भएपनि महाअधिवेशनपछि कांग्रेस पार्टी एक ढिक्का हुनका लागि गुट–उपगुटको अन्त्य हुनुपर्ने बताउनुभयाे ।
जननेता बिपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल कार्यक्रमको आयोजना गरेको छ।

No comments:
Post a Comment