तुलसादेवी फाउन्डेसनकाे फुड बै‌ंक सञ्चालन - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 9 September 2020

तुलसादेवी फाउन्डेसनकाे फुड बै‌ंक सञ्चालन

ललितपुर, २४ भदौ : तुलसादेवी हरिहर फाउन्डेसनले फुड बै‌ंक सञ्चालन गरेकाे छ ।  ललितपुर–२५ नखुडोलमा रहेको तुलसादेवी हरिहर फाउन्डेसनले अहिले ललितपुरका विभिन्न ठाउँमा फुड बै‌ंकमार्फत राहत वितरण गरिरहेकाे हाे । 

फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीले कसैले पनि भाेकै बस्नु नपराेस् भनेर याे अभियान सुरु गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, "दुखी, गरीव, ज्यालादारी गरेर खानेहरुको लागि सहयोग गर्न पाइयोस् भन्ने हेतुले "हुनेले दिने र नहुनेले लैजाने" कार्यक्रम संचालन गरेका छौं।" उहाँका अनुसार याे अभियानमा सहयाेग चाहिनेले सहजै सहयाेग लिन सक्ने र हुने मनकारी दाताले सहयाेग गर्न सक्ने जानकारी दिनुभयाे । याे अभियान स्थिति सहज नबनेसम्म जारी रहनेछ ।

फाउन्डेसनले प्रत्येक दिन करिब ३० परिवारलाई सहयाेग गर्दै आएकाे छ । गत भदाै २१ गतेबाट सञ्चालन भएकाे यस कार्यक्रम प्रत्येक विहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुँदै आएकाे छ । राहतमा पाँच जनासम्म भएकाे एक परिवारलाई एक छाक पुग्ने चामल, दाल, नुन र मसाैरा रहेकाे छ ।

लकडाउन सुरुभएकाे केही समय राहतका कार्यक्रम धेरै स‌ंघसस्थाले सञ्चालन गरेपनि पछिल्लाे समयमा यस्ता कार्यक्रम नहुँदा गरीव तथा ज्यालादारी गरेर खाने वर्गले भाेकै बस्नुपरेकाले याे अभियान थालिएकाे फाउन्डेसनकी अध्यक्ष सुवेदीले जानकारी दिनुभयाे । उहाँले सहयोगी हात बढेको खण्डमा राहत वितरणलाई अझै विस्तार गरिने बताउनुभयाे ।

फाउन्डेसनले कपडा बैंक पनि व्यवस्था गर्न लागेकाे उहाँले जानकारी दिनुभयाे । यसमा सहयाेग गर्न चाहनेहरुले आफूसँग भएका पुराना तर सफा र नफाटेका लुगाहरु दान दिएर सहयाेग गर्न सकिने छ । याे अभियान बारेमा बुझ्नकाे लागि ९८५१२३५३०१ मा सम्पर्क  गर्न सकिने फाउन्डेसनले जनाएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.