काठमाडाैँ, २९ भदौ : नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा १२९ जना कर्मचारी माग गरेको छ । रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकालाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न कम्पनीले भनेको छ ।
शाखा अधिकृत, स्टेसन मास्टर, सब-इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारको लागि जागिर खुलेको हो ।
आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइट https://nepalrailway.org/ मार्फत् विभिन्न विज्ञापनमा अनलाइन दरखास्त भर्न सक्ने जनाएको छ।
कम्पनीले अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ।


No comments:
Post a Comment