बीरगंजमा थप एक जना कोरोना सङ्क्रमितको महिलाको उपचारको क्रममा मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

बीरगंजमा थप एक जना कोरोना सङ्क्रमितको महिलाको उपचारको क्रममा मृत्यु

बीरगंज, २९ भदौ : वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमित महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा विगत १६ दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर–१० निवासी ५५ वर्षीया महिलाको आज बिहान २ बजेर ५५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले बताउनुभयो ।

मृतक महिला भदौ १२ मा कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएकी थिइन् । सङ्क्रमित महिलामा दुवैतर्फ छातीमा कडा खालको निमोनिया देखिएको तथा फोक्सोमा समस्या कारण श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजनसमेत नपुगेको अवस्थामा मृत्यु भएको प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।

हालसम्म पर्सामा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.