काठमाडाैँ, २३ भदौ : कोभिड–१९ (काेराेना भाइरस) को बारेमा भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।
सामाजिक सञ्जाललगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
प्रवक्ता गाैतमले काेराेनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई कारबाही हुने भएकाले भाइरसको सङ्क्रमणलाई गम्भीर रुपमा लिएर सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन र बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्न उहाँले फेरि पनि दोहोर्याउनुभयाे ।
यस्तै सरकारको आग्रहअनुसार धेरैले मास्ककाे प्रयाेग गर्न थालेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।

No comments:
Post a Comment