भारत, २५ भदौ : भारतमा बितेको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित बनेका छन् । भारतमा एकै दिनमा ९५ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या विश्वमै एकै दिनमा संक्रमित हुनेको अहिलेसम्कै सबैभन्दा अत्यधिक हो । यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ लाख ६३ हजार नजिक पुगेको छ ।
भारतमा थप ११ सयभन्दा बढी मानिसको संक्रमणकै कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । अमेरिकामा एकै दिनमा ३३ हजार बढी संक्रमित भएका छन् भने ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ हजार बढी छ । विश्वभर कोरोना संक्रमणका कारण हालसम्म ९ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ करोड ८० हजारको हाराहारीमा पुगेको छ ।

No comments:
Post a Comment