इटहरी, २० भदौ : इटहरीमा शनिवार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या २ सय ३१ पुगेको छ ।
संक्रमित हुनेहरूमा स्थानीय एक टेलिभिजनका २४ वर्षिय पुरुष सञ्चारकर्मीसहित एक होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी इटहरी ९ का १ जना २९ वर्षिया महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकलीका ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन् ।

No comments:
Post a Comment