सुरुङ्गा, १९ भदौ : झापा जिल्लामा पछिल्लो २४ घण्टामा ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कोरोना सङ्क्रमित हुनेमा ११ जना महिला र १९ जना पुरुष रहेकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको कनकाईका तीन महिला र आठ पुरुष गरी एघार जना रहेका छन् । यसैगरी दमकका तीन महिला र दुई पुरुष गरी पाँच जना रहेका छन् ।
उता मेचीनगरका चार पुरुष रहेकाे सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ । यस्तै भद्रपुर र झापा गाउँपालिकाका तीन–तीन जना र कचनकवल र गौरीगञ्जका एक–एक जना पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।
झापामा हाल ५३ जना महिला र १२७ जना पुरुष गरी कुल १८० जना सकृय संक्रमित रहेका छन् ।
कुल ६३८ जनामा काेराेना भाइरसकाे रिपोर्ट पोजेटिभ आएकोमा ४ सय ५७ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । निकाे भएर घर फर्किनेमा ६८ जना महिला र ३ सय ८९ जना पुरुष रहेका छन् ।
विस्तृत विवरण तलकाे लिङ्कमा हेर्न सक्नुहुनेछ ।
प्रदेश नं. १ सरकारको आधिकारिक पोर्टल

No comments:
Post a Comment