काठमाडौं, २८ भदौ : काठमाडौं उपत्यकामा कोरोनाका ५९७ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा कूल संक्रमितको संख्या ९ हजार १०३ पुगेको छ भने ललितपुरमा कूल ११२९ र भक्तपुरमा कूल ९०७ संक्रमित पुगेको छ। काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११ हजार १३९ पुगेको छ।

No comments:
Post a Comment