काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 September 2020

काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, १९ भदौ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ गरी काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसवीचमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३ सय ५९  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ४ सय ६४ जना महिला र ८ सय ९५ जना पुरुष छन् । नेपालमा हालसम्म ७ लाख ४५ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण गरिएकोमा ४४ हजार ३ सय ३६ जनामा कोरोना भाइरस परीक्षणमा संक्रमित देखिएको न्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको जानकारी दिइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ । मन्त्रालयका अनुसार देशभर १५१ जनाको आइसियुमा उपचार भइरहेको भने २६ जनाको भेण्टिलेटरमा उपाचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ३ सय ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार ५ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १८ हजार ४ सय ४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ६ हजार ५ सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.