काठमाडौँ, १६ भदौ : पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरेकोमा १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय ४४ जना महिला र ७ सय २५ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ गरी ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार १ सय ७८ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार १ सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ७ हजार ३ सय ९० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको मन्त्रालयले जनाकारी दिएको छ ।

No comments:
Post a Comment