काठमाडौँ, २३ भदौ : पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा हालसम्म ७ लाख ८८ हजार १ सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४८ हजार १ सय ३८ जनामा कोरोना भाइरस परीक्षणमा संक्रमित देखिएको न्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ हजार २ सय ८७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३२ हजार ९ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १४ हजार ८ सय ६८ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ५ हजार ३ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:
Post a Comment