काठमाडौँ, २२ भदौ : पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण गरिएकोमा ९ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा हालसम्म ७ लाख ७७ हजार ५ सय ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४७ हजार २ सय ३६ जनामा कोरोना भाइरस परीक्षणमा संक्रमित देखिएको न्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ७ सय ३६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १६ हजार २ सय ५९ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ४ हजार ७ सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:
Post a Comment