चितवनमा थप ७४ जनालाई कोरोना संक्रमण - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 September 2020

चितवनमा थप ७४ जनालाई कोरोना संक्रमण

चितवन, १९ भदौ : चितवनमा थप ७४ जनालाई कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको ल्यावमा गरिएको परिक्षणमा यो नतिजा आएको हो ।

जस मध्य भरतपुर महानगरपालिकामा ५६ जना, रत्ननगरका तीन, कालिकाका दुई, खैरहनीका चार र राप्तीका नौ जना रहेका छन् ।

भरतपुर अस्पतालको ल्यावमा परीक्षण गरिएको ३०२ नमुना मध्य चितवनका १७ र रौतहटका एकजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि चितवन मेडिकल कलेजको ल्यावमा गरिएको ७०३ जनाको परिक्षणममा ८८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यी स्वाव भरतपुर अस्पतालले सिएमसी पठाएको थियो । सिएमसी ल्यावमा कोरोना पोजेटिभ देखिएका मध्ये ५७ जना चितवनका र ३१ जना अन्य जिल्लाका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.