सिराहा कारागारमा रहेका ५९ कैदी बन्दीमा कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Thursday, 10 September 2020

सिराहा कारागारमा रहेका ५९ कैदी बन्दीमा कोरोना सङ्क्रमण पुष्टि

लहान, २५ भदौ : क्षमताभन्दा बढी कैदी बन्दी रहेको सिराहा कारागारमा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानको बुधवार आएको कोरोना परीक्षण रिपोर्ट अनुसार कारागारका ५९ थुनुवा कैदी बन्दीका साथै चोहर्वास्थित शेरगन नेपाली सेनाका सात जना जवानसहित ६६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनुभयो ।

पोजेटिभ भएकाहरु २० देखि ५८ वर्ष उमेर समूहका रहेको र सङ्क्रमित मध्ये एक महिला र बाकी सबै पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो ।

अत्यधिक सङ्ख्यामा सङ्क्रमित देखिएपछि जिल्ला कारागारको कैदी बन्दीहरुमा खैलाबैला मच्चिएको छ । कोरोना पुष्टि भएका कैदी बन्दीलाई जिल्ला कारागार भित्रै सुरक्षित आइसोलेसनमा राखिएको कारागार प्रमुख बबिता महतोले बताउनुभयो ।

कारागारमा रहेको करिब पाँच सय ९८ जना कैदी बन्दी मधे ८० जनाको पिसिआर गराउँदा ५९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसंगै जिल्लामा हाल दुई सय ६५ जना सङ्क्रमितहरू रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीन सय ५५ जना सङ्क्रमितहरू निको भई घर फर्किसकेका छन् भने जिल्लामा हालसम्म १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.