एकै दिनमा तीन कोरोना सङ्क्रमितको मृत्यु् - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 September 2020

एकै दिनमा तीन कोरोना सङ्क्रमितको मृत्यु्

बुटवल, १९ भदौ : रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिए अनुसार होम आईसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

मृगौलाले काम नगरेपछि चितवनमा डाईलासिस गरेर फर्केका उहाँको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ साहले बताउनुभयो शुक्रबार बिहान नै बुटवल उपमहानगरपालिका ८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो ।

त्यसअघि शुक्रबार नै बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोगकी विरामी निमोनिया देखिएपछि उहाँलाई भदौ ४ गते अस्पतालको आईसीयु राखेर उपचार गराईएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.