काभ्रे, २० भदौ : कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको छ ।
महोत्तरी जिल्ला बर्दिवास नगरपालिका निवासी ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक १५ दिनदेखि अस्पतालमा उपचाररत रहनुभएको थियो ।

No comments:
Post a Comment