काठमाडौं, २५ भदौ : अबिरल बर्षाका कारण कास्कीको खुदी खोलामा आएको बाढीले २ वटा कच्ची घर बगाएको छ भने अन्य १२ घर उच्च जोखिममा परेका छन् ।
लगातारको बर्षादका कारण पोखरा महानगरपालिका वडा नं ३२ खुदीखोलामा आएको बाढीले खोलाको नजिकै सुकुम्बासी बस्तीमा रहेको सुर्य बहादुर नेपाली र सन्तमाया मोक्तानको कच्ची घर बगाएको हो । मध्यरातको समयमा बाढी आएको भएपनि स्थानीयको सहयोगले घरबाहिर पुर्याउन सकिएकोले मानबीय क्षति भने हुन पाएन ।
खोलाको दुबैतर्फ धान खेती लगाइएको सयौं रोपनी जमिन कटान गरी खोलाले बगाएको छ । बाढीले पुल समेत बगाउँदा आवत जावतमा समेत समस्या भएको छ ।

No comments:
Post a Comment