सप्तरीमा ३३ बोरा अबैध मटर बरामद - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 September 2020

सप्तरीमा ३३ बोरा अबैध मटर बरामद

सप्तरी, २३ भदौ : सप्तरीबाट सोमबार दिउसो ३३ बोरा मटर दाल सप्तरी प्रहरीले नियन्त्रणमा लिएका छन् ।

जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्वर ६ अन्र्तगतको कोशी नदि हुँदै भारत तर्फ लादै गरेको मटर दाल हनुमाननगर इलाका प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले स्थानीय ढुंगा चालकहरुको सहयोगमा नियन्त्रणमा लिन सफल भएका हुन ।

बरामद भएको मटरको बजार मुल्य करिब ४४ हजार बरावर रहेको उक्त सामान सप्तरी भन्सार कार्यालय पठाइसकेको भए पनि तस्करहरु नियन्त्रमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा गरीएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी गराउनु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.