पेस्तोलसहित एक जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 7 September 2020

पेस्तोलसहित एक जना पक्राउ

कञ्चनपुर, २२ भदौ : बेलौरीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।आज बिहान ११ः०० बजेतिर बेलौरी नगरपालिका १० भुडा सीमावर्ती क्षेत्रबाट सोही स्थानका २४ वर्षीय खुसीराम चौधरी पक्राउ परेको सशस्त्र प्रहरी सहायक निरीक्षक राजेद्र भट्टले बताउनुभयो ।

चौधरीको साथबाट एक नाल कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली समेत बरामद गरिएको सहायक निरीक्षक भट्टले बताउनु भएको छ ।

सशस्त्र प्रहरी बेश क्याम्प भुडाका सहायक प्रहरी निरीक्षक भट्टको कमान्डमा खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.