सुरुङ्गा, २७ भदौ : मोरङको उद्योग परिषरभित्र ट्रकका चालकको शव भेटिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित कुखुराको दाना (चारो) उत्पादन गर्दै आएको उद्योग परिषरभित्र ट्रकका चालकको शव भेटिएको हाे ।
ट्रकबाट खसेर मृत्यु भएको अवस्थामा बीआर ११ जीए ०७६१ नम्बरको ट्रकका चालक भारतको विहार पूर्णियाका ३७ वर्षीय इन्द्रजीत मण्डलको शव शनिबार बिहान भेटिएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार मण्डल खाना खाएर हिजोराति त्यही ट्रकमा लोड गरिएको मकैको बोरामाथि सुतेको पाइएको छ । मकैको बोरामाथि सुतेका ट्रकका चालकलाई बिहान भुइँमा खसेको अवस्थामा मृत फेला पारिएको एसपी खड्काले बताउनुभयाे।
उनी बिहीबारराति भारतबाट खुकुराका लागि दाना उत्पादन गर्न आवश्यक पर्ने मकै लिएर आएका थिए । ट्रकमा लोड गरिएको मकै अनलोडको पर्खाइमा रहेका चालक खाना खाएर शुक्रबारराति ट्रकमाथि सुतेको र तल खसेर मृत्यु भएको अवस्थामा शनिबार बिहान शव भेटिएको भन्दै उद्योगले प्रहरीलाई जानकारी दिएको छ ।
निधाएका बेला चाल नपाएर ट्रकबाट खसेपछि उनको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

No comments:
Post a Comment