काठमाडौं, २३ भदौ : सरकारले पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा–इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित गरेकाे छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हाे ।
जग्गा अधिग्रहण पनि नगरी हतार हतार ठेक्का लगाएको भन्दै प्रश्न उठेको थियो ।
सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।


No comments:
Post a Comment