सांसद चापागाई‌ंको दशैँ भत्ता सामाजिक सेवामा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 22 October 2020

सांसद चापागाई‌ंको दशैँ भत्ता सामाजिक सेवामा


सुरुङ्गा, ६ कात्तिक :
प्रतिनिधिसभाकी सांसद् धर्मशिला चापागाई‌ंले दशैं भत्तावापत्को आफ्नो रकम नारी सञ्चार गृह र शहीद प्रतिष्ठान नेपालको झापा शाखालाई प्रदान गर्नुभएको छ ।

कोरोना महामारीका बेला दशैं भत्ता लिन उपयुक्त नहुने बताउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद चापागाई‌ंले उक्त रकम झापाका दुई संस्थालाई वितरण गर्नुभएको हो । 

सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले संस्थाको खातामा रु ३२ हजार प्राप्त भएको जानकारी दिनुभयो । 

नेकपाले दशैं भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको पनि सांसद् चापागाई‌ंले पार्टीको निर्णयअगावै भत्ता नलिने र दुई सामाजिक संस्थालाई प्रदान गर्ने घोषणा गरिसक्नुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.