ज्येष्ठ नागरिकग्रामका लागि गुरुयोजना - pharaksandesh.com

मुख्य समाचार


Thursday, 22 October 2020

ज्येष्ठ नागरिकग्रामका लागि गुरुयोजना


मोरङ, ६ कात्तिक :
प्रदेश नं.१ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिकग्रामको गुरुयोजनाअन्गर्तत चालू आर्थिक वर्षमा रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

पूर्व विश्व सुन्दरी शृङ्खला खतिवडानेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरुयोजनाबारे बुधबार गरिएको सरोकार भएकाको छलफलमा प्रदेशको सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ग्रामको निर्माण गर्ने जानकारी दिइयो ।

कूल १० विगाहा १४ कठ्ठा जग्गामा ७२ वटा घरहरु निर्माण गरी ग्राम बनाइनेछ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले निर्माण कार्यको शिलान्यास चाँडै गर्ने गरी काम अघि बढाएको जानकारी दिनुभयो । उहाँले परियोजना सम्पन्न भएपछि हाल सञ्चालनमा रहेका आश्रमभन्दा स्तरीय बन्ने र ग्राममा बेसहराका लागि सम्मानजनक बस्न सकिने प्रबन्ध गरिनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.