अनिद्राको समस्या छ ? कागती हो अचुक उपाय ! - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 21 October 2020

अनिद्राको समस्या छ ? कागती हो अचुक उपाय !

 

तपाईंलाई राति ढिलोसम्म निद्रा आउँदैन र बारम्बार कोल्टे फेरिरहनुहुन्छ भने तपाईंलाई अनिद्राको समस्या छ । दिनभरि काम गरेर पनि राति राम्रो सुत्न नसक्ने मानिसहरू भेटिन्छन् । 

यसको एउटा कारण स्ट्रेस हो । 

यहाँ हामी अनिद्राको समस्या हटाएर मीठो निद्रा दिलाउने एउटा विशेष ड्रिंकका बारेमा बताइरहेका छौं । 

कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । त्यसैले राम्रो निद्रा दिलाउन यो सफल छ । 

अफिसको टेन्सन वा घरका समस्याका कारण मानिसहरू स्ट्रेसमा हुन सक्छन् । कागतीले स्ट्रेस कम गराउँछ । चिकित्सकहरू लेमन ड्रिंकको फ्लेवर भएको परेफ्युम र रूम फ्रेशनर सुँघ्ने सल्लाह दिन्छन् । त्यसले स्ट्रेस घटाएर निद्रा दिलाउँछ र केही समयमै असर देखाइहाल्छ । 

कागतीको ड्रिंक बनाउनका लागि चाहिने सामग्री
- एउटा कागती
- एक चिम्टी नून

बनाउने विधि
- कागतीलाई काट्नुस् । 
- त्यसको रस निचोरेर निकाल्नुस् । 
- एक गिलास पानीमा कागतीको रस राखेर मज्जाले मिलाउनुस् । 
- त्यसमा नून हाल्नुस् र सुत्नुभन्दा आधा घन्टाअघि पिउनुस् । 
- तीन दिन लगातार पिएपछि नै अनिद्राको समस्या निकै समाधान हुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.