आईपीएल : दिल्लीमाथि पञ्जाबकाे जित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 21 October 2020

आईपीएल : दिल्लीमाथि पञ्जाबकाे जित


काठमाडाैँ, ५ कात्तिक :
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई हराउँदै किङ्ग्स इलेभेन पञ्जाब विजयी भएको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध क्लब दिल्लीलाई पाँच विकेटले पराजित गर्दै लिगमा आफ्नो चौथौ जित हात पार्न सफल भयो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।

१ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर भेट्टायो। यसअघिको भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रन बनाउँदै आईपीएलमा लगातार दुई शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाए ।

खेलमा म्यान अफ द म्याच समेत धवनले आईपीएलमा ५ हजार रन समेत पूरा गरेका छन् । जितपछि ८ अंक जोड्दै पञ्जाब अंकतालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । आईपीएलमा तेस्रो हार बेहोरेको दिल्ली भने १४ अंकसहित छ शीर्ष स्थानमा कायमै छ ।

पञ्जाबविरुद्धको खेलमा पनि सन्दीपले खेल्ने मौका पाएनन्। यसैबीच आईपीएलमा बुधबार रोयल च्यालेञ्जर्स ब्याङ्ग्लोर र कोलकाता नाईट राईडर्सबीच खेल हुँदैछ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.