काठमाडौं, २ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे विवाद पुन: चर्किएकाे छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि बैठककाे निर्णय र सहमतिलाई लत्याउँदै एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट हुनुभएकाे छ ।
त्यतिमात्र हाेइन कर्णाली प्रदेशमा देखिएकाे विवाद पनि अध्यक्ष ओली पक्षकाे निर्देशनमा भएकाे आशंका गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्ती ओलीलाई विवाद समाधान गर्न पटक पटक आग्रह गरिसक्नुभएकाे छ ।
हिजाे प्रधानमन्त्रीले कर्णाली प्रदेशका पदाधिकारीसँग गर्नुभएकाे छलफलमा अध्यक्ष प्रचण्ड र कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा उपस्थित हुनुभएन । अध्यक्ष प्रचण्डले पहिला नै कर्णाली प्रदेशका पदाधिकारीसँग छुट्टा छुट्टै छलफल गरिसकेकाले हिजाेकाे छलफलमा उपस्थित नभएकाे भनिए पनि प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्ड रुष्ट रहेकाे बुझिएकाे छ ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र झलनाथ खनालसहितका नेताले पुन प्रधानमन्त्री ओलीकाे राजीनामा माग्ने तयारी गरेकाे स्राेतले बताएकाे छ । पटक पटक सहमति गर्दै अध्यक्ष ओलीले सहमति पालना नगरेकाे निश्कर्ष निकाल्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएर ओलीको राजीनामा माग्ने योजना बनाएकाे छ ।
वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले समेत अध्यक्ष ओलीकाे कदमलाई साथ दिन नसकिने भन्दै पुरानाे अडानमा फर्किने गृहकार्यमा नेताहरु रहेकाे स्राेतले बताएकाे छ ।
अब बस्ने सचिवालय बैठकमा नेकपा विवाद पुन: सुरु हुने र प्रधानमन्त्रीकाे राजीनामा माग्ने तयारीमा नेताहरु रहेकाे स्राेतले बताएकाे छ । साथै नमाने हटाउने निर्णय गर्ने गरी तयारी थालिएकाे छ ।

No comments:
Post a Comment