नवरात्रिको आज तेश्रो दिन : माता भगवती चन्द्रघण्टाको पूजआजा गरिँदै - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

नवरात्रिको आज तेश्रो दिन : माता भगवती चन्द्रघण्टाको पूजआजा गरिँदै


काठमाडाैँ, ३ कात्तिक :
हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लाग्ने गरेकाे भएतापनी काेराेनाकाे कारण प्रय मन्दिरहरू सुनसान देखिन्छन् ।

राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.