डाक्टर केसी र सरकारबीच भएको सहमति स्वागतयोग्य- नेपाली काँग्रेस - pharaksandesh.com

मुख्य समाचार


Sunday, 11 October 2020

डाक्टर केसी र सरकारबीच भएको सहमति स्वागतयोग्य- नेपाली काँग्रेस


काठमाडौं, २५ असाेज :
नेपाली काँग्रेसले डा. गोविन्द के.सी. र सरकारबीच भएको सहमतिलाई स्वागत गरेको छ ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती प्रकाशित गर्दै सहमतिको स्वागत गर्नुभएको हो ।

प्रवक्ता शर्माले वार्ता नै नगर्ने हठमा रहेको सरकार चौतर्फी दबाबपछि अन्ततः वार्तामार्फत सहमतिमा पुगेको छ भन्नुहुँदै सहमतिलाई सकारात्मक रूपमा लिएको बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।तर विगतमा सहमति उल्लंघन गरिएको नजिरलाई दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा उहाँले अपिल पनि गर्नुभएको छ ।

वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. के.सी.सँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा. केसीका मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको प्रवक्ता शर्माले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुंदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न उहाँले वर्तमान सरकारलाई आग्रह समेत गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.