काठमाडाैँ, ३० असाेज : प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अर्बाैँ भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लगाएको आरोपमा सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।
उहाँले पूर्वप्रधानमन्त्री भट्टराईको नाम नलिइकन निर्णय नै नभएको, काम नै सुरु नभएको आयोजनामा अर्बौँको भ्रष्टाचार गरेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बाैँ घुस लिएको आरोप लगाउनुभएको थियो ।
यो आरोपको प्रधानमन्त्री ओलीले पहिलो पटक गलत सूचनाको प्रचार भएको बताउनुभयो । उहाँले देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्ने स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment