लाेक सेवा आयाेगकाे लिखित परीक्षा स्थगित - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

लाेक सेवा आयाेगकाे लिखित परीक्षा स्थगित


काठमाडाैँ, ३ कात्तिक :
लोक सेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आयोगले सूचना निकालेर परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीसमेत सङ्क्रमित भएको भन्दै कात्तिक १६ गतेदेखि सञ्चालन हुने सबै लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

कर्मचारीहरु आइसोलेशनमा बस्नुपर्दा परीक्षा सञ्चालन गर्न नसक्ने भएकोले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका सबै परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ । 


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.