काठमाडाैँ, ४ कात्तिक : कर्णाली प्रदेश सरकारको विवाद समाधानका विषयमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल भएकाे छ । विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार बिहान बालुवाटार पुग्नुभएकाे थियाे । अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएपनि सहमति जुट्न नसकेकाे हाे ।
प्रधानमन्त्री ओलीले प्रदेशको विवाद माथिबाटै समाधान गर्न प्रस्ताव गरेपनि अध्यक्ष प्रचण्डले प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि सहमति जुट्न नसकेकाे स्राेतले जनाएकाे छ ।
संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिएर फर्किनुभएकाे छ ।
यसअघि गत शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश कमिटीका नेताहरुसँग भेटघाट गर्दा प्रचण्डले पहिल्यै छलफल भइसकेको भन्दै सहभागिता जनाउनुभएकाे थिएन ।

No comments:
Post a Comment