प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा


जनकपुर, १३ कात्तिक :
प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा दिइने भएको छ । 

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइने भएको छ । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । 

‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.