कांग्रेस केन्द्रीय समिति बैठक २१ कात्तिकदेखि - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

कांग्रेस केन्द्रीय समिति बैठक २१ कात्तिकदेखि


काठमाडाैँ, १३ कात्तिक : 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकदेखि बस्ने भएको छ । 

बैठक पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे । यस बैठकमा कांग्रेसका कार्यसमिति पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन् । 

कांग्रेसको १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा यसाे बैठक महत्वपूर्ण हुने बताइएको छ । 

त्यसैगरी कोरोनाको कहरका बीच बस्न लागेकाे प्रमुख प्रतिपक्षी दलको बैठकमा सरकारको कामकारबाहीप्रति कडा रूपमा उत्रने अनुमान छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.