वि.सं. २०७७ असोज २७। मंगलवार। इ.स. २०२० अक्टोबर १३।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। एकादशी, १०:०४ उप्रान्त द्वादशी।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला। अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ। समस्या समाधान गर्न काम दोहोयाउनुपर्ने हुन सक्छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएका काममा अलि बाधा हुनसक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ। काममा अधिक खर्च हुनेछ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

No comments:
Post a Comment