वि.सं. २०७७ कात्तिक ३। सोमवार। इ.स. २०२० अक्टोबर १९। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। तृतीया, १८:४८ उप्रान्त चतुर्थी।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यवसायमा लगानी बढाउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। केही जिम्मेवारी भने प्राप्त हुनेछ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तर, द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको विश्वासमा गर्दा धोका पाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेतले अवसर दिलाउन सक्छ। काम गरेर धेरैको मन जित्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।

No comments:
Post a Comment