अमेरिकामा अन्तिम चुनावी प्रचारप्रसारमा ट्रम्प र बाइडन - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

अमेरिकामा अन्तिम चुनावी प्रचारप्रसारमा ट्रम्प र बाइडन


काठमाडौं, १५ कात्तिक :
अमेरिकामा आगामी मंगलबार हुने राष्ट्रपतीय निर्वाचनपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक दलका उहाँका उम्मेदवार जो बाइडन दुवै महत्त्वपूर्ण मानिने मध्यपश्चिमी अमेरिकी राज्यहरूमा अन्तिम चुनावी प्रचारप्रसारमा सहभागी हुनुभएको छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको पक्षमा मतदान गरेको आयोवा राज्यमा आयोजित चुनावी अभियानका क्रममा बाइडन निकै आक्रमक रूपमा प्रस्तुत हुनुभयो। त्यस्तै सन् २०१६ मै तत्कालीन डेमोक्र्याट उम्मेदवार हिलरी क्लीन्टनले झिनोअन्तरले जित्नुभएको मिनेसोटा राज्यमा राष्ट्रपति ट्रम्पले मतदाताहरूलाई रिझाउने प्रयास गर्नुभयो। अहिलेसम्मका मतसर्वेक्षणहरूअनुसार राष्ट्रपति ट्रम्पभन्दा बाइडन अगाडि हुनुहुन्छ।

अमेरिकी इतिहासमै सबैभन्दा बढी ८ करोड ५० लाखभन्दा धेरै मतदाताहरूले चुनावको मुख्य दिन अगावै अग्रिम मतदान गरिसकेका छन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.