अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना पुष्टि


अमेरिका, १४ कात्तिक :
अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ । यस्तै थप ९ सय ८८ जनाको ज्यान गएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ । 

६० लाख २४ हजार भने निको भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.