सप्तरीमा कारको ठक्करबाट वृद्धको ज्यान गयो - pharaksandesh.com

मुख्य समाचार


Wednesday 28 October 2020

सप्तरीमा कारको ठक्करबाट वृद्धको ज्यान गयो


सप्तरी, १२ कात्तिक :
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै ज्यान गएको छ ।

बा १८ च ७७३४ नम्बरको कारले ठक्कर दिँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाका ७५ वर्षका तिलक सुरेतको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार कारले बाटो काट्न लागेका सुरेतलाई ठक्कर दिएको हो ।

ठक्कर दिएपछि भाग्न खाजेका कार चालकलाई प्रहरी चौकी मोहलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.