आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 13 October 2020

आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने


काठमाडौं,  २७ असाेज :
आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ। मंगल, पृथ्वी र सूर्य आपसमा सीधा रेखामा हुने भएकाले पृथ्वीबाट आज मंगल ग्रह ठूलो र चम्किलो देखिने नासाले जनाएको छ।

यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ। यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा आउने खगोलबिद्हरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.