दसैंमा मुस्ताङ्गबाट झरेनन् च्याङ्ग्रा, खरिद गर्नेहरुको घुइँचो बढ्दै - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

दसैंमा मुस्ताङ्गबाट झरेनन् च्याङ्ग्रा, खरिद गर्नेहरुको घुइँचो बढ्दै


पोखरा,  ४ कात्तिक :
दसैं नजिकिएसँगै मुस्ताङ्ग र मनाङ्ग लगायतका जिल्लाबाट थोरै मात्र संख्यामा ल्याएका च्याङग्रा पोखरा भित्रिएपछि खरिद गर्नेहरुको घुइँचो बढ्दै गएको छ ।

गतबर्ष करीव ३० हजार च्याङग्रा ल्याइएकोमा यसबर्ष हालसम्म करिव ८ हजार मात्र झरेपछि खरिद गर्नेहरुको भिड बढेको भनाइ स्थनीयहरुको छ ।

हिमाली बिभिन्न जिल्लाबाट पोखरासम्म च्याङग्रा ल्याई बिक्री गर्ने ब्यबसायीहरुका अनुसार यसबर्ष कोभिड- १९को जोखिमका कारण करिब २४ करोड रुपैयाँ बराबरको च्याङग्रा पोखरा भित्रिएको छ ।

मुस्ताङ्ग–मनाङ्गमा साना ठूला गरी प्रतिगोटा २२ हजार देखि २८ हजार रुपियाँसम्ममा खरिदगरी पोखरासम्म पुर्‍याउँदा प्रति गोटा १० हजारसम्म महङ्गो पर्ने भए पनि माग बढी भएकाले बिक्रीका लागि समस्या नरहेको ब्यापारीहरुको भनाइ छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.