होम आइसोलेसनमा मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

होम आइसोलेसनमा मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने


काठमाडौं, ३ कात्तिक :
होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी कार्यविधिको दोस्रो संशोधन गरेसँगै होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव परिवार स्थानीय जनप्रतिनिधि वा प्रहरीलाई जानकारी गराएर आफैंले व्यवस्थापन गर्नुपर्ने भएको जनाएको हो ।

तर शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई ¥याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पु¥याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित कार्यविधिमा उल्लेख छ ।

आइसोलेसनमा राखेको स्थान वा कोठाबाट शर्व बोक्ने गाडीसम्म शव पुर्याउने कार्य मृतकै आफन्तको हुनेछ, शव बहान नभएको स्थानमा शब बोक्न प्रयोग हुने साधन (खट) बोक्ने व्यक्तिले मृत शरिर नछुने गरी बनाउँनुपर्नेछ भने सुरक्षाका मापदण्डसमेत पालना गरेको हुनुपर्ने समेत कार्यविधिमा उल्लेख गरिएको छ । यसैगरी, बेबारिसे वा कसैबाट दाबी नभएको र कोभिड १९ बाट मृत्यु भएको शंका लागेमा आवश्यकताअनुसार अनुसन्धान गरी सबै सुचनाहरुको विस्तृत अभिलेखीकरण गरी प्रचलित कानुनी प्रावधान अनुसार अन्त्येष्टि गर्नुपर्नेसमेत सोही कार्यविधिमा उल्लेख छ ।

हेर्नुहोस् शव व्यवस्थापनसम्बन्धी निर्देशिका

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.